हिमा गाउँपालिकाको क्‍वारेन्टाईनमा रहेकालाई खाद्यान्‍न वितरण

चैत्र १९, जुम्ला । हिमा गाउँपालिकाको क्‍वारेन्टाईन स्थलहरुमा  गाउँपालिका उपविजेता लक्ष्मण शाहीले खाद्यन्‍न लगायतका सामाग्रीहरु वितरण गरेका छन ।   

हिमा गाउँपालिका ४ का क्‍वारेन्टाईन स्थलहरु राहदेव मा.वि मोफ्ला, कालिका मा.वि. बड्की, भानु मा.वि. पातरखोला, भैरब आधारभुत विद्यालय जोगीडाडमा पुगेर खाद्यन्न सामाग्री वितरण गरिएको शाहीले जानकारी दिए ।   

क्‍वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई मास्क मात्र बाँड्ने होडबाजी चलिरहेको बेला क्‍वारेन्टाइनमा रहेकाहरुको आवश्यकतालाई मध्यनगर गर्दै शाहीले उक्त गाउँपालिकाका उप सभापति जयनाथ योगी लगायतको रोहवरमा चामल, दाल, तेल चिनी लगायतको खाद्य सामाग्री वितरण गरिएको नेपाल शिक्षक संघ जुम्लाका गज बहादुर शाहीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =