भारतमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, एकैदिनमा एक हजार नयाँ बिरामी

वैशाख ८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या ५४३ पुगेको छ भने १७ हजार २ सय ६५ जना संक्रमित भएका छन् ।  

स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जारी गरेको तथ्यांक अनुसार भारतका विभिन्न राज्यमा गरी अहिलेसम्म झन्डै साढे पाँच सयभन्दा बढी संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

गएको चौबीस घण्टामा मात्रै कोरोनाका १ हजार पाँच सय ५३ नयाँ बिरामी देखिएका छन् भने ३५ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा दुई हजार पाँच सय ४७ संक्रमित निको भइसकेका छन् । 

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर आज बिहानसम्म १ लाख ६५ हजारको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २४ लाख ६ हजारभन्दा बढी पुग्दा ६ लाख १६  हजारभन्दा बढी निको भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *