लकडाउन अवज्ञा गरी भारत फर्कँदै गरेका ३५२ भारतीय वीरगञ्जमा पक्राउ
मकालु खबर
२०७६ चैत १९ गते
चैत्र १९, वीरगञ्ज । लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय वीरगञ्जबाट पक्राउ परेका छन् ।
लकडाउन अवज्ञा गरी वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।
देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको उनले बताए ।
काठमाडौँ, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिकहरु मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित