कोभिड १९ : जोन्टाद्वारा मजदुरहरुलाई खाद्यान्न वितरण

चैत्र २६, काठमाडौं । जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेको छ । कोरोना भाइरस (कोभिड—१९)को जोखिम बढीरहेको बेला नेपाल सरकाले घोषणा गरेको लकडाउनको संकटको समयमा मजदुरी गरेर गुजारा चलाईरहेका मजुरहरुलाई जोन्टाले चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती वितरण गरेर सहयोग पुर्याएको छ ।
जोन्टाले हालसम्म विजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महांकाल, नागरजुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरुलाई एक हजार खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको छ ।
‘हामीले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र प्रन्डस् संगठनहरुसँग साझेदारी गरेका छौं ।’ जोन्टाले भेनेको छ, ‘यस्तो चुनौतिपूर्ण समयमा उनीहरुले आवश्यक पर्मिट लिएर जोन्टासँग कोभिड १९ संकटका कारण काम गर्न नसकेका दैनिक ज्याला मजदुरहरु प्याकेजहरु वितरण गर्न सहयोग गरेका छन् ।’

जोन्टाले सम्पूर्ण जोन्टा परिवार तथा साथीहरु, मिडटाउनको रोटरी क्लब, सार्क च्यामबर वमन आन्ट्रप्रनिर काउन्शिल, साङग्रीला टोस्मास्टर्स, डा.सञ्जिव दास, संस्कृति स्कुलका शिक्षकहरु, डीएस स्टोर र हेलेना क्याफेलाई २४०० भन्दा बढि परिवारहरुसँग पुग्न सहयोग गरेर उनीहरुको हेरचाह गर्न मद्दत गरेका छ ।
‘शुरुवातमा हामीले ३०० परिवारमा पुग्ने लक्ष्य राखेका थियौं, हामीले प्राप्त गरेको अविश्वासनीय प्रतिकृया र समर्थनका साथ हाम्रो पहुँच ८ गुणा बढेको छ ।’ जोन्टाले भनेको छ ।
जोन्टाले आगामी दिनहरुमा पनि खाद्यान्न प्याकेजहरु वितरण गर्न जारी राख्ने जनाएको छ ।
जोन्टा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो । जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गर्दै आइरहेको छ ।








