भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णयबाट ब्याक हट्यो सरकार !

फाइल तस्विर 

चैत्र २७, काठमाडौं । शुक्रबार र शनिबार उपत्यकाभित्र अलपत्र परेका नागरिकलाई काठमाडौं बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ ।  

केही समयअघि मात्रै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा समन्वय समितिको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई जान दिने निर्णय गरेको थियो । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।  

Image result for उच्चस्तरीय समन्वय समिति

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णयबाट पछि हटिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए ।  

उच्चस्तरीय समितिका संयोजक पोखरेलले आजै एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबार उपत्यका बाहिर जान खुला गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भएपनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु’, रक्षामन्त्री पोखरेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =