‘कोरोना उपचारमा खट्ने चिकित्सकको सुरक्षामा कन्जुस्याइँ हुँदैन’

चैत्र २३, धनुषा।  प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले  ‘कोभिड —१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन्। उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि  प्रयास रहेको बताएका छन्। 

मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रसरताका लागि चिकित्सकलाई अनुरोध गर्नु भएको छ। प्रदेश सरकार चिकित्सकको बीमा, पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको जानकारी दिए। 

मुख्यमन्त्री राउत महामारीको कठीन समयमा प्रदेश सरकारसँग भएको साधनका स्रोत उपलब्धका साथै पारिश्रमिकमा सतप्रतिशत वृद्धिलगायत सबै थोक सहयोग गर्न तत्पर रहेकाले नडराई सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन्। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =