काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ११ सय बढी नियन्त्रणमा
२०७७ वैशाख ५ गते

फाइल तस्विर
वैशाख ४, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानसम्म सरकारले लागु गरेको लकडाउन उल्लंघन गर्ने २ सय ७१ महिलासहित १ हजार १ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहान ८ बजेसम्म १ हजार बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिइ छोडिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
२०७७ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








