विशेष सतर्कता अपनाउँदै एनआइसीका नियमित सेवा प्रवाह

चैत्र ३०, काठमाडौं। एनआइसी एसिया बैंकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण सतर्कताका विधिहरू अपनाउँदै नियमित सेवाहरू दिइरहेको जनाएको छ। बैंकले नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ नियमित सेवाहरू दिइरहेको आइतबार जारी विज्ञप्तिमार्फत जनाएको हो।   

सेवाग्राही तथा कर्मचारीहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय र ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट सेवा प्रवाह गरिरहेको छ।   

बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौँ घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ घरबाट बाहिर निस्कन नपर्ने गरी कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ। रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू एनआइसी एशियाले निःशुल्क रूपमा गर्न सक्ने व्यवस्था गरेको छ।   

घरमा बसेर अनलाइन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए बापत तथा सामान खरिद गर्दा निःशुल्क भुक्तानी गर्न पनि सकिने व्यवस्था यस बैंकले गरेको छ। नेपालभरका कुनै बैंकले तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एसिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैङ्क तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको बैंकले जनाएको छ। यस्ता छन् एनआइसी एसिया बैंकले अपनाएका सुरक्षाका उपायहरुः     

क. ग्राहक महानुभावहरूमा अपनाइएका सुरक्षाका उपायहरूः 

बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड-१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको। 

बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहक महानुभावहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहक महानुभावहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रूपमा कोभिड-१९ प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने गरिएको । 

शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउनुहुने ग्राहक महानुभावहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको । 

बैंकले हालसम्म आंशिक रूपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आउनुभएका ग्राहक महानुभावहरूलाई यथाशक्य Thermal Gun को सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको । 

ग्राहक महानुभावहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको । 

शाखामा पुग्नुभएका ग्राहक महानुभावहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको ।   

शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको । 

ग्राहक महानुभावहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको । 

ख. एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः 

ग्राहक महानुभावहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको । 

प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड-१९ प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने व्यवस्था गरिएको । 

एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको । 

एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहक महानुभावहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको । 

ग. कर्मचारीवर्गहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः 

बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै Staff Advisory जारी गरी आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको । 

कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहक महानुभावहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको । 

नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहक महानुभावहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त Disinfection गरेर जम्मा गर्ने व्यवस्था गरेको । 

सेवामा रहनुभएका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको । 

यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पुर्‍याउने व्यवस्था गरिएको । 

यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा Disinfection औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको । 

कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको ।, 

सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक (एटिएम/सूचना प्रविधि) कर्मचारीहरूलाई Work From Home को व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *