कोरोना काेषमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७ लाख बढी सहयोग

वैशाख ५, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको कोरोना भाइरस विरुद्ध रोकथाम कोषमा ७ लाख ५० हजार रकम सहयोग गरेको छ । 

हाल कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै रिलायन्सले सरकारको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ७ लाख ५० हजार सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए । 

महामारीमा सहयोग गर्नु आफ्नो दायित्व रहेको रिलायन्सले जनाएको छ । उक्त सहयोगले अहिलेको महामारी रोकथाममा केही सहयोग हुने रिलायन्सको विश्वास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *