कोरोना आशंकामा नुवाकोटकी एक महिला अस्पताल भर्ना

२०७६ चैत २४ गते

चैत्र २४, काठमाडौं। नुवाकोटकी एक युवतीलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल लगिएको छ। नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३ की २८ वर्षीया महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल लगिएको हो।
ती महिलामा विगत चार दिनदेखि निरन्तर ज्वरो, रूघाखोकी तथा श्वास प्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा त्रिशुली अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ। उनी चैत्र १० गते काठमाडौंबाट घर आइपुगेकी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अस्पताल ल्याइएकी ती महिलाको स्वास्थ्य अवस्थाको अनुसन्धान गरेर उपचार प्रक्रिया अगाडी बढाइने त्रिशुली अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन्।

२०७६ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित