बेलायतमा कोरोनाबाट अर्का पूर्वगोर्खा सैनिकको मृत्यु

चैत ३०, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट फेरि अर्का पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । 

स्याङजा वालिङ घर भई हालः बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको कोरोनाका कारण मृत्यु भएको हो । उनको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको जनाइएको छ ।   

उनलाई ज्वरो, रुघाखोकी, पखाला, वान्ता लगायत स्वास्थ्य समस्या देखिएको अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको हो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *