नेपालमा थप तीन जनामा देखियो कोरोना संक्रमण

चैत्र २२, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। भारतबाट आएका दुई जनामा संक्रमण देखिएको हो भने, एकजना संक्रमितका आफन्तमा पनि कोरोना देखिएको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको छ। 

तीनै जना सुदूरपश्चिस प्रदेशका बासिन्दा हुन्। मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीकै ३४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। 

‘तीन जना नयाँमा संक्रमण भेटियो। धनगढीमा उपचार गराइरहेका स‌ंक्रमितकी भाउजूलाई संक्रमण भएको हो’, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कर्कीले भने। कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाइरसको लक्षण देखिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। 

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि नेपालमा छ जनामा संक्रमण देखिएकोमा थपिएकासहित संक्रमित संख्या ९ पुगेको छ। एक जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =