कोरोना रोकथाम गर्न सिद्धार्थ बैंकद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग


चैत्र २८, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसका कारण दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी आर्थिक सहयोग गरेको छ ।
बैंकले स्थानिय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको जनाएको छ ।
सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बैंकले लिएको छ । उक्त रकम बैंकका विनयी त्रिवेणी, नवलपुर, रामगोपालपुर, महोत्तरी, आमचोक, भोजपुर, गढी, सुनसरी, रोशी, काभ्रे, मर्चवारी, रुपन्देही, गोकुलगंगा, रामेछाप, देवघाट, तनहुँ शाखा मार्फत वितरण गरेको हो ।
यसैगरी मकालु, संखुवासभा, गोलन्जोर, सिन्धुली, आदर्श कोटवाल, बारा, यसोधरा, कपिलवस्तु, माधवनारायण, रौतहट, देवताल, बारा, पुथा उत्तरगंगा, पूर्वी रुकुम, बहुदरमाई, पर्सा र वुढीगंगा, बाजुराका स्थानीय निकायलाई प्रदान गरेको हो ।
यसअघि बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा रु. १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ ।
