आज चट्याङसहित वर्षाको सम्भावना, चट्याङबाट जोगिन के गर्ने ?


वैशाख ५, काठमाडौं । नेपालमा स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ५ गते (शुक्रबार)
null
दिउँसोः देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ६ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ७ गते (आइतबार)
दिउँसोः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
प्रि-मनुसनका बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ ।
जोगिन के गर्ने ?
-रुखमुनि नबस्ने
-घरमा झ्याल तथा ढोका बन्द गरेर बस्ने
-विद्युतीय सामग्री तथा विद्युत् प्रवाह बन्द गर्ने
-मोबाइल र टेलिफोनको सकभर न्यूनतम प्रयोग गर्ने
-फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिने
