बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन थप्ने तयारी

Photo: Prime Minister’s Press Advisor 

काठमाडौं । दिउँसो ४ बजे बोलाईएको मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी छ । दिउँसो ४ बेजे बैठक बोलाइए पनि ४ः३० बजेदेखि मात्रै सुरु भएको हो ।   

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा लकडाउन तथा देशको समग्र अवस्थाको बारेमा छलफल भइरहेकोले बैठक लम्बिएको बताइएको छ ।   

Image may contain: people sitting, table, living room and indoor

@

बैठक साँझ सात बजेसम्म जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  जानकारी दिएका छन् । थापाले फेसबुकमा  भनेका छन्  ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्को ४ : ३५ बजे सुरु भएको बैठक जारी, बन्दाबन्दीको समग्र प्रभावका आयामको गम्भीर मूल्याङ्कन ।’   

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन थप गर्ने तयारी गरेकोसमेत गरेको छ । 

स्रोतका अनुसार, चैत ११ गतेबाट सुरु भएको लकडाउन चैत २५ गतेसम्म थपेको सरकारले पुनः वैशाख ३ गतेसम्म लकडाउन गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको छ ।   

यस्तै बैठकमा स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा छलफल भएको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *