लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छुटे अग्रवाल

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छाडेको छ । बिहबार २५ लाख ५० हजार धरौटीमा छुटेलगत्तै अदालत परिसरबाटै प्रहरीले पक्राउ गरी सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएका अग्रवाललाई तारेखमा छोडिएको हो ।

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका उनलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो ।

विभागले लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको बताइएको छ । उनलाई गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ गरिएिको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *