कोरोना आइसोलेसनमा रहेकी ५१ वर्षिय महिलाको मृत्यु, थ्रोट स्वाब परीक्षण गर्न पठाइयो

धनगढी । कोरोनाको लक्षण देखिएपछि जिल्ला अस्पताल अछामको आईसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको आज मृत्यु भएको हो ।

अछामका कोभिड १९ सम्पर्क व्यक्ति देवदत्त जोशीका अनुसार ज्वरो आएपछि उनलाई तीन दिन अगाडि अस्पतालमा भर्ना गरिएको थियो ।

उनमा कोरोनाको लक्षण देखिएको थियो भने अन्य कुनै स्वास्थ्य समस्या थिएन । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थिएन ।

तर, आज बिहान मृत्यु भएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाईएको छ । उनका छोरा केही साता अगाडि मात्रै भारतबाट फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *