फोन गर्नुहोस्, घरमै आइपुग्छ अत्यावश्यक सामान !

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन । घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउने त ? अब के गर्ने  कसरी सामान खरिद गर्ने घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने  ? बालबालिकालाई के पढाउने ? किचेनमा तरकारीलगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने  ? औषधि सकियो अब के गर्ने ?

अब चिन्ता नगर्नुहोस् युवालाई स्वदेशमै उद्यमी बनाउने सारथी आइडिया स्टुडियोले आइडिया निकालेको छ । चारवटा बिज्नेस कम्पनीलाई एकै ठाउँमा ल्याएर उपभोक्तालाई सेवा दिने । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेड र केयूल्याबले उपभोक्तालाई सेवा दिन तयार भएको छ ।

सेवा दिने कसरी त ?

आइडिया स्टुडियोले नेतृत्व लिएका ४ वटै कम्पनी तयार भएर यो सेवा सञ्चालनमा ल्याएका छन् । एउटा नम्बरमा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने गरी काम अगाडि बढेको छ ।  जसलाई ‘वान कल ४ सर्भिसेज’ भनिएको छ । अहिले लकडाउनको सययमा उपभोक्तालाई सहज भएको छ ।

के– के सेवा पाइन्छ ?

सजिलो ममर्त सेवा

सजिलो मर्मत सेवाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्पयुटरलगायतका सामग्री बनाउने काम गर्छ। घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रिएमा बनाउने टेक्निसियन उपलब्ध गराउनेछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ ।

मेट्रो तरकारी

मेट्रो तरकारीले किचेनमा चाहिने तरकारीदेखि खाद्यान्नलगायतको सामग्री उपलब्ध गराउँछ । आफूलाई चाहिने सामग्री अडर गर्यो भने घरमै मेट्रो तरकारीले ल्याइदिन्छ । जसका कारण कोरोना भाइरसको जोखिम मोलेर तरकारी किन्न बाहिर जानु पर्दैन ।

कसरी सुरु भयो मेट्रो तरकारी ?

केयू ल्याब

केयू ल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूको पठनपाठन नरोकियोस्, घरमै बसेर पनि सिक्न सकून् भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको छ, जसबाट विद्यार्थीलाई फाइदा पुगेको छ ।

नेपाल मेड

नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन्, ती सामग्री नेपाल मेडले उपलब्ध गराउँछ । यदि बिरामी भएमा वा नियमित खानुपर्ने औषधि सकिएमा बिरामीका लागि सहज भएको छ ।

‘आइडिया स्टुडियोले नेतृत्व लिएर सुरु गरेका हौँ,’ स्टुडियोकी सञ्चार निर्देशक श्रद्धा पालने भनिन्, ‘कोभिड १९ का कारण असहज भएपछि उपभोक्तालाई सहज होस् भनेर सुरु गरेका हौँ ।’

हाल यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ ।

‘सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आइडिया स्टुडियोले नयाँनयाँ आइडियालाई प्रोत्साहन गर्दै आएको छ ।’

‘लकडाउनको समयमा के गर्न सकिन्छ ? कसरी सेवा दिने भन्ने सोच्दै थियौँ,’ सजिलो मर्मत सेवाका संस्थापक कविश श्रेष्ठले भने, ‘४ वटा बिजनेसलाई एकै ठाउँमा राखेर फोनबाट उपभोक्तालाई सेवा दिन सफल भएका छौँ ।’

आइडिया स्टुडियोले प्रत्येक वर्ष आइडिया हन्टको आयोजनाका साथै नयाँनयाँ आइडियालाई बिजनेसमा रुपान्तरण गर्न सहयोग गर्दै आएको छ । अहिलेसम्म ४ वटा आइडिया हन्टको आयोजना गरेको छ । जसमा सयौँ आइडियाहरू आएका छन् । १ सयभन्दा बढी आइडियाले सफल रूपमा व्यवसाय गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *