‘स्थानीय सरकारप्रति खुसी छौं, अब चाँहि बाँचिने भईयो’

तेजन खड्का/

मोरङ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले काठमाडौंमा अलपत्र परेका रतुवामाईवासीलाई नगरपालिकाले घर फर्काएको छ ।

रतुवामाई नगरपालिकाले आफैं आर्थिक खर्च बेहोर्ने गरी पाँच वटा बसको व्यवस्था गरेर काठमाडौंमा रहेका २०५ जना नागरिकलाई घर फर्काएको हो ।

काठमाडौंबाट रतुवामाई आएका स्थानीयलाई सरवस्ती माविमा स्वास्थ्य चेकचाँज गरिनुको साथैं खाजा तथा वितरण गरिएको थियो ।

काठमाडौंबाट लामो दुरीबाट घर फर्किन पाएकोमा रतुवामाईका जुलन राईले नगरपालिकालाई धन्यवाद तथा आभार प्रकट गरे । ‘काठमाडौंमा लकडाउनका कारण भोकभोकै मर्छुम जस्तो लागेको थियो’, जुलनले भने, ‘घर आउन पाएकोमा धेरै खुशी लागेको छ , नगरपालिकाका मेयर साव, प्रहरी प्रसाशन सबैलाई धन्यवाद दिन चाहान्छौ । अब चाँहि बाँचिने भईयो ।’

लकडाउन बढ्न सक्ने भएकोले विविध कारणले काठमाडौंमा रोकिएका नगरवासीलाई फिर्ता ल्याउनुपर्ने दबाब भएपछि सांसद, प्रशासनसँग छलफल गरेर रतुवामाई नगरपालिकाका मेयर रबिन राईले जानकारी दिए ।

‘हुन त यहाँ सबै जना आउँदा रोग फैलिने सन्त्रासले नल्याउन भनिएको थियो’, मेयर राईले भने, ‘रोगको भन्दा भोकको चिन्ताले गर्दा हामी अग्रसर भएर आफ्ना नगरवाशीलाई बचाउन सो कदम चालेका हौँ ।’

काठमाडौंबाट आएकालाई २ हप्ता सम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष नन्दकुमार चापाँगाईले जानकारी दिए ।

मेयर रबिन राईको संयोजकत्वमा काठमाडौंबाट स्थानीयलाई ल्याउन समन्वय समिति बनाइएको थियो ।

हेल्थ डेक्समा स्क्रिनिङ गरेर, फारम भर्न लगाएर मात्र घर पठाइएको चाँपागाईको भनाई छ ।

माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ । सरकारले महामारीलाई नियन्त्रण गर्न तथा यसबाट सुरक्षा अपनाउन लकडाउन घोषणा गरेको एक महिना बढी भैसक्यो ।

चैत १० गते राती लकडाउनको घोषणा गरेसँगै उपत्यका बाहिरका लाखौं मजदुर, विद्यार्थी र सर्वसाधरण काठमाडौंमा नै बन्धक बने । जागिर गरेर छाक टार्ने परिवारदेखि लिएर कोठा भाडामा बस्ने विद्यार्थीहरु समेत समस्यामा परे । राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि लाखौं मजदुर तथा विद्यार्थी रातदिन पैदलबाटै आफ्नो घर जान बाध्य भए ।

सो समस्या देखेर सक्रियताका साथ आफ्ना नागरिक ल्याउने काममा जुटेकोे वडा नम्बर १० का वडा अध्यक्ष टंक ढकाल बताउछन् ।

काठमाडौंबाट फर्किएका सोम घिमिरे भन्छन् ‘लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिनकाटेका हामी एक महिना पछि गाउँ घर फर्किन पायौं। फेसबुक र टिभीमा मजदुरहरु पैदलनै घर फर्केको तस्बिर देखेपछी ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो। अहिले उक्त त्रासबाट मुक्त भएका छौं, धन्यवाद छ रतुवामाई नगरपालिकालाई ।

काठमाडौंमा अलपत्र परेका सर्वसाधरणलाई ५ वटा बसको व्यवस्था गरी २२० जनालाई घर फकाईको हो । उपत्यकाबाट आएका सर्वसाधरणहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई नगरपालिकाले अनिवार्य गरेको छ । मेयर राईले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने नगरपालिकामा सम्र्पक गर्न समेत अनुरोध गरे ।

ढिलै भएपनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुसी छन्, पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिइन्, गाउँ आउन पाइयो यसैमा खुशी छु। अब त साग मात्रै खाएर भएपनि बाचिँने आत्मबल जागेको छ । बिना खर्चमा सजिलोसंग आउन पाइयो यसमा झन् खुसी छु ।

जनतालाई समस्या परेको महसुस गरेपछी हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालक सँग समन्वय गरेर काठमाडौं पठाएका थियौं र त्यही अनुसार रतुवामाईका नागरिक आफ्नो घर फर्किएको मेयर राईले बताए ।

मेयर राई भन्छन्, ‘आफ्नो नगरका जनताको करबाट संचालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुसी भएका छौ। सम्पूर्ण रतुवाईवासी आफैंले तिरेको करको पैसाले घर आए त्यसैले यो खर्च गाडीलाई नगरपालिकाले दिन्छ । यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो।

वडा अध्यक्ष इन्द्रबहादुर चोङबाङले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमा नै राहत स्वरुप खाद्यान्न पठाउने तयारी भईरहेको र त्यहा रहेका रतुवामाईका संघ संस्थाले पनि पहल गरिरहेको बताए ।

काठमाडौंबाट रतुवामाई फर्किकाहरुलाई घर पुर्याउने काममा सहयोगका लागि रतुवाईका मेयर रबिन राई उपमेयर दयन्तादेवी चुडाल, इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख मोहन रायमाझी, वडा अध्यक्ष गोपी चाँपागाई, इन्द्रबहादुर चोङबाङ, टंक ढकाल, वडा सदस्य काजन ढकाल, स्थानीय युवा सुजित जैसवाल लगायत जनप्रतिनिधी, प्रहरीप्रशासन, स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *