प्रहरी जवान सुतेकै अवस्थामा मृत फेला

अंकुश कुँवर/

कैलाली । कैलालीमा एक प्रहरी जवान कार्यालयमै सुतेको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिकाको वडा नम्बर ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लाकेन्द्र वोहरा मृत फेला परेका हुन् ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका २९ वर्षीय वोहरा राति ३ बजेको समयमा मृत भेटिएको खिमडीका प्रहरी सहायक निरीक्षक बहादुर सिंह ऐरीले जानकारी दिए । उनकाअनुसार उनी मंगलबार साँझ खाना खाएर कोठामा सुतेका थिए ।

विहान ३ बजे डिउटीका लागि उठाउन खोज्दा उनी मृत भेटिएका थिए । उनी एक वर्ष अगाडि प्रहरी कार्यालय खिमडीमा खटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *