कोरोना भाइरस : अम्बे स्टील्सले कोरोना कोषलाई दियो २५ लाख

काठमाडौं । अम्बे स्टील्स प्रा. लि.ले नेपाल सरकारद्वार स्थापित कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख रुपियँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

अम्बे स्टील्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सो रकम सहयोगस्वरुप हस्तान्तरण गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *