बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं। बलिउड अभिनेता इरफान खानको निधन भएको छ। बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा  ५४ वर्षीय खानको निधन भएको हिन्दुस्तान टाइम्स्ले जनाएको छ।

उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

इरफान खानका प्रवक्ताले भनेका छन्, ‘उनलाई कोलन इन्फेक्सन भएको थियो। हामी उहाँको बारेमा जानकारी दिने नै छौं।’ गत शनिबार उनकी आमाको निधन भएको थियो।

सलाम बम्बे, हासिल, मेकूललगायतका उनबम चलचित्रहरु निकै चलेका थिए। उनले हलिउड चलचित्रमा समेत अभिनय गरेका थिए। ‘लाइफ अफ पाइ’ र ‘स्लमडग मिलिनियर’ अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएका इरफानका चलचित्र हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *