लकडाउनका बेला थोक बिक्रेताको अलग धन्दा : गाडी लिएर तरकारी बेच्न व्यस्त

भरतराज शर्मा (गोपाल)
धरान । धरान १५ का व्यापारी मनोज श्रेष्ठका चालकले करिब २ हजार केजी तरकारी धरान १६ मा अनाधिकृत रुप्मा बिक्री गरेको पाइएको छ । थोक व्यवसायी मनोज श्रेष्ठले ल्याएको केही सामान कृषि उपज बजार स्थलमा ‘अनलोड’ गरेको छ भने केही सामान धरान–१६ को क्षेत्रमा नियमबिपरित बिक्री गरेको पाइएको हो ।
नियमबिपरित बिक्रि गरेको पाइएपछि पक्राउ गरिएको छ । को १ ख ४३९९ नम्बरको मालबाहक ट्रकमा ल्याएको आलु, प्याज, टमाटर लगायतका खाद्य सामग्री धरान–१३ स्थित कृषि बजारमा झारेर करिब २ हजार केजी तरकारी धरान–१६ मा मंगलबार राति बिक्री गरेको पाइएको हो ।

थोक व्यवसायी श्रेष्ठको गाडीका चालक रवि तामाङले धरान–१६ का विभिन्न स्थानमा बिक्री गरिरहेको पाइएपछि धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाको नेतृत्वले नियन्त्रणमा लिन छ । सापकोटाका अनुसार ‘केही सामान कृषि बजारमा झारेको छ भने केही सामान रातारात नै बिक्री गरेको पाइएको हो ।

व्यवसायी र चालकले नियमविपरित तरकारी बिक्रि गरेको विषयमा अनुसन्धान भइरहेको अनुगमन समितिका सदस्यसमेत रहेका थोक व्यवसायी काजी गिरीले बताए । उनका अनुसार नियमविपरीत काम गर्नेको पास खोसिनुका साथै थप कारबाही हुनेछ । उनले नियमभन्दा बाहिर जाने जोकोहीलाई पनि कारबाही गरिने बताए ।

अनुगमन समितिकी संयोजक तथा धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले अनुमगन समितिले नियन्त्रणमा लिएको जानकारी आफूले पाएको बताइन् । ‘अनाधिकृत रूपमा चालक आफैँले बिक्री गरेको भन्ने कुरा छ’ उनले भनिन्– ‘यसविषयमा विस्तृतमा जानकारी लिन म आफैँ कृषि उपज बजार स्थलमा पुगेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *