धरासायी बनेको पर्यटन व्यवसायलाई उकास्न घिमिरेको यस्तो सुझाव

चितवन । पर्यटन व्यवसायी सुमन घिमिरे कोरोना भाइरसका कारण पर्यटन व्यवसाय धरासायी बनेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताएका छन् । कोरोनाबाट सबैभन्दा बढी मारमा पर्यटन व्यवसाय परेकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने उनको भनाई छ ।

‘कोभिड–१९ को असर सबै क्षेत्रमा परेको छ तर, पर्यटन क्षेत्रले दीर्घकालीन नोक्सान व्यहोर्न परेको छ,’ क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले भनेका छन्- ‘पर्यटन क्षेत्रलाई के नेपाल सरकारले साच्चै मनैदेखि प्राथमिकतामा राखेको छ ? मलाई शंका लाग्छ ।’ अहिलेको अवस्थामा सरकारले पर्यटन व्यवसायीको हितमा र पर्यटन क्षेत्रलाई जीवन दिने खालको कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।

‘कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा परेको असरलाई सम्बोधन नगरिए धेरै होटल तथा रेस्टुरेन्ट बन्द हुने अवस्था छ,’ उनले भने- ‘होटल तथा रेस्टुरेन्ट बन्द हुनु भनेको सयौंको रोजगारी गुम्नु हो ।’

लकडाउन खुलेपछि पर्यटन क्षेत्र बचाउन निम्न कार्य गरियोस् :-

१. कुनै पनि पर्यटन व्यवसाय सम्बन्धित व्ययवसायलाई ०७७र७८ आर्थिक वर्षको भ्याट शून्य प्रतिशत गरियोस् । र त्यसपछि सम्भव भए केही वर्ष ६।५५ गरियोस् ।

२. पर्यटन व्यवसाय सम्बन्धित व्ययवसायसँग स्थानीय नगरपालिकाले लिंदै आएको भाडा कर कम्तिमा १ वर्षलाई नउठाईयोस् ।

३. राष्ट्रिय निकुञ्जको प्रवेश टिकटको म्याद ३ दिन गरियोस् ।

४. नेपाली र विदेशीको हवाई भाडादर एक गरियोस् ।

५. नेपालमा विकेण्ड संस्कृतिसँगैघुम्न निस्कन वातावरण मिलाउन शनिबार र आइतबार बिदा दिने प्रचलन सुरु गरियोस् ।

६. पर्यटन क्षेत्रमा लिईएका ऋणलाई कृषिमा दिइने ब्याजदर सरह सुविधा दिईयोस् ।

७. भइ रहेको ऋणको ब्याजदर घटाईयोस् र अहिले बैंकलाई तिर्न पर्ने लोनको किस्तालाई ‘मोरेटोरियम’ अर्थात पछि तिर्न सक्ने व्यवस्था मिलाईयोस् ।

८. विद्युत डिमाण्ड शुल्क शून्य गरियोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *