खैरहनीमा कक्षा ८ को परिक्षाफल प्रकाशन

चितवन । चितवनको खैरहनी नगरपालिकाले आधारभूत शिक्षा उर्तिण परिक्षा (कक्षा ८) को परिक्षाफल प्रकासन गरेको छ ।

परिक्षामा ९२.९३ प्रतिशत विद्यार्थी अघिल्लो कक्षा अर्थात कक्षा ९ का लागि योग्य भएका छन् । स्थानीय तहको निर्वाचन पश्चात नगर स्तरमै कक्षा ८ को परिक्षा लिन थालिएको थियो ।

२०७५ को कक्षा ८ को परिक्षामा खैरहनी नगरपालिका भित्रबाट कुल १ हजार १३२ जना विद्यार्थी सहभागी भएकोमा १ हजार ५२ जना विद्यार्थी अघिल्लो कक्षाका लागि योग्य भएको स्थानीय शिक्षा अधिकारी राजु वानियाँले वताए । अयोग्यको संख्या ८० छ ।

नजिता अनुसार ए प्लस ल्याएर एक सय ८ जना ,ए ल्याएर दुई सय २ जना, बि प्लस ल्याएर दुई सय ४५ जना,बि ल्याएर दुई सय ७ जना,सि प्लस ल्याएर दुई सय ५ जना र सी ल्याएर १४ जना विद्यार्थी कक्षा ९ का लागि योग्य भएका स्थानीय शिक्षा अधिकारी वानियाँले जानकारी दिए ।

परिक्षाको प्रकाशित नजिता अनुसार कुनै विषयको अंकमा चित्त नबुझे परिक्षार्थीले पुर्नयोग गर्न पाउनेछन् । सरकारले जारी गरेको लकडाउन सकिएको एक साता भित्र पुर्नयोगका लागि विद्यालयमा निवदेन दिन सकिने उनले बताए ।

साथै स्तरवृद्धी परिक्षाको मिति र परिक्षा तालिका पछि प्रकाशन गरिने समेत जनाईएको छ । आधारभूत शिक्षा उर्तिण परिक्षा समितिको सोमवार वसेको वैठकले मंगलवार नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *