भरतपुरकाे कोरोना अस्पतालमा अख्तियारको छापा

ध्रुवराज खनाल- चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको चोरी प्रकरणमा अनुसन्धान गर्न अख्तियारको टाेली भरतपुर आइपुगेको छ।

विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको टोलिले अस्पतालमा छापा मारेको छ ।

हेटौंडाबाट आएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीहरूले रातको समयमा अस्पतालमा सामान चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि अनेकौँ प्रश्न उठेका छन् ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरू पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *