कोरोना अस्पताल चोरी प्रकरणः छानबिन गर्न समिती गठन

चितवन । जिल्लाको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीबाट भएको चोरीको घटनाका विषयमा छानबिन गर्न समिती गठन गरिएको छ ।

सांसद,दलका प्रतिनिधि सहितको बैठकले सो घटनको विषयमा छानबिन गर्नका लागि चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा समिती गठन गरेको हो । तीन सदस्यीय समितिमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना रहेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरूले रातको समयमा अस्पतालमा सामान चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शीतामाथि अनेकौँ प्रश्न उठेका छन् ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरू पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिएको छ ।

रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि सो घटना बहसको विषय बनेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *