वीपी प्रतिष्ठानलाई जनमुक्ति पार्टीको पीपीई सहयाेग

भरतराज शर्मा (गोपाल)–सुनसरी । राष्ट्रिय जनमुक्ति पार्टीले धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) सहयोग गरेको छ ।

त्यहाँ कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै पार्टीले पीपीई सहयोग गरेकाे हो । पार्टीको संघीय परिषदको कोरोना विपद्, उद्धार तथा राहत कोषमार्फत् उपलब्ध भएको पीपीई प्रतिष्ठानलाई हस्तान्तरण गरिएको पार्टीका धरान नगर अध्यक्ष चित्र थापा मगरले जानकारी दिए ।

उनका अनुसार पार्टीका सचिव बिष्णु थाम्देनको हातबाट १० पीपीई वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिएको हो । पार्टीको केन्द्रीय कोषबाट महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबाट खरीद गरीएको र सुरक्षाका दृष्टिकोणले हरेक तवरले सुरक्षित रहेको अध्यक्ष मगरले बताए ।

पीपीई ग्रहण गर्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. कार्कीले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको पीपीईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

गिरीले सबैको सहयोगले एक साताभित्र कोभिड १९ अस्पताल तयार भएको उल्लेख गर्दै कोरोनाको उपचारको लागि सबै किसिमको तयारी गरिएको बताएका छन् । उनले प्रतिष्ठानमा थप सय बेड विस्तार गर्ने र थप आवश्यकता परेमा ५ सय बेडसम्मको पनि बनाउने स्थानको खोजी समेत भइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *