काेराेना अस्पतालकाे सामान चोर्नेलाई कारबाही गर्न कांग्रेसको माग

चितवन । नेपाली कांग्रेस चितवनले भरतपुर कोरोना अस्पतालमा रहेका सामग्री चोरी गर्ने कर्मचारीहरुलाई तत्काल निलम्बन गर्न माग गरेको छ ।

जिल्ला सभापतिसहितको टोलीले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै चोरीमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

मुलुकको असहज परिस्थितिमा आपसी सहमति र सहकार्यमा संकट समाधानमा लाग्नुपर्नेमा सत्ता र शक्तिको आडमा भ्रष्टाचारजन्य क्रियाकलापमा मा सहभागी बन्नु गम्भीर मानवीय अपराध भएको भन्दै ज्ञापनपत्रमा घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

साथै कांग्रेसले सर्वपक्षीय अधिकार सम्पन्न छानविन समिति गठन गरी अस्पतालमा हालसम्म भएका आर्थिक गतिविधिहरुको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । छानविन समिति बनेको भन्दै उनले सत्य कुरो छिट्टै बाहिर आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *