हालसम्म धर्मदेवी नगरपालिका सुरक्षित छ : नगर प्रमुख जिमी

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिकाले विभिन्न देशबाट नगरपालिकामा आएका २३ जनालाई घरैमा गएर होमक्वारेन्टाईनको व्यवस्था गरेको छ । नगरपालिकाबाट वैदेशिक रोजगारीका लागि विभिन्न देश गएर गाँउ फर्केकालाई घरैमा होमक्वारेन्टाइनको व्यवस्था गरी स्वास्थ्य जाँचसमेत गरिएको नगर प्रमुख रमेश कुमार जिमिले बताए ।

जिमीका अनुसार उनीहरुको ¥यापिड जाँच गराउदा सबैको नेगेटिभ आएको हो । हालको अवधिसम्म धर्मदेवी नगरपालिका कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहेको भए पनि आम जनतालाई सचेत गराउनका लागि मास्क वितरण गर्दै वडा मार्फत नगरवासीहरुलाई कोरोना भाइरस संक्रमण के हो ? कसरी सुरक्षित रहने भन्ने विषयमा चेतनामूलक कार्यक्रम गरेरे जिमीको भनाई छ ।

धर्मदेवी नगरपालिकाका नगरवासीहरुमा कोरोना भाइरस संक्रमणका कारण समस्या भएको खण्डमा न्यूनिकरणका लागि क्वारेन्टाइन निर्माणसँगै स्वास्थ्य सामग्रगीहरुको व्यवस्थापन गरेका लागि नगरपालिका लागिरहेको नगर प्रमुख जिमीले मकालुखबरसँग बताए ।

जिल्ला नाकामा कडाइ
चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण संसारको १ सय ८६ भन्दा बढी देशमा फैलिएको छ । भने नेपाल पनि अछुतो भने छैन । हाल नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५१ जना पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन भने ३५ विभिन्न अस्पतालको आइसोलेसनमा छन् ।

जसमा ३० जना विराटनगरको कोसी अस्पताल कोरोना उपचार केन्द्रमा छन्, ३ जना वीरगन्जको नारायणी अस्पतालमा र १ जना भरतपुर अस्पतालमा र अर्को एक जना धनगढीको सेती प्रादेशीक अस्पतालमा छन् । सबै भन्दा संक्रमित क्षेत्र प्रदेश नम्बर १ अर्थात उदयपुर देखिएको छ । प्रदेश १ मा कोरोना भाइरस संक्रमण संख्या बढेसँगै धर्मदेवी नगरपालिकाले जिल्ला नाका संखुवासभाको केवा वेसी, देउराली नाकामा हेल्थ डेस्क गरेर नागरिकहरुलाई स्वस्थ्य परिक्षण गर्ने गरेको नगर प्रमुख जिमीको भनाई छ ।

वडामा कुनै खाल्का समस्या आएमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्ने गरेको जिमीले बताए । ‘नगरवारीको स्वास्थ्य सुरक्षाका लागि नगरको टिम नै वडा, वडामा खटिएका छौ,’ उनले भने, ‘हालसम्मको अवस्था हेर्दा धर्मदेवी नगरपालिका कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित छ ।’

हालसम्म कुनै संक्रमण, सम्भाव्यता नदेखिएको उनको भनाई छ उनको अनुसार हाल जिल्ला नाकाबाट सवारी साधन भित्रिरहँदा गाडीबाट पनि संक्रमण फैलिने सम्भावित त्रास भएसँगै खतरा मुक्त गर्न दुइवटा गाडीको वास सेन्टर तयार पारिएको छ । नगरवासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिल्ला नाकामा केहि कडाइ गरेसँगै संखुवासभा जिल्लाबाट भित्रिने सम्पूर्ण सवारी साधनलाई केमिकलबाट धोएर मात्र प्रवेश गर्न दिने गरेको उनले बताए ।

नगरवासीलाई राहत वितरण
कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनका कारण नगरवासीको दैनिक जिउने जीवनशैली असहज भएसँगै धर्मदेवी नगरपालिकाले राहत वितरण गरेको छ । नगर प्रमुख जिमिको अनुसार धर्मदेवी नगरपालिकामा बसोबास गर्ने ११ सय घरधुरीलाई राहत वितरण गरिएको छ । सम्पूण राहत वडाध्यक्ष मार्फत वितरण गरिएको उनको भनाई छ । हालसम्म पनि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारको घर दैलोमा पुगेर राहत वितरण गर्ने कार्य भइरहेको उनले बताए ।

काठमाडौंमा डेरागरी बस्ने ६७ जनाको उद्धार ।
लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धर्मदेवी नगरपालिकाका ६७ जनालाई नगर प्रमुख जिमीको पहलमा उद्धार गरिएको छ । नगर प्रमुख जिमिको अनुसार विशेष गरेर विद्यार्थीहरुलाई गाँउ फर्काइएको हो । लकडाउन लम्बिएसँगै डेरामा बस्ने विद्याथीहरुको दैनिकी सकस बनेसँगै उनीहरुलाई गाँउ फर्काएको उनको भनाई छ ।

काठमाडौंबाट आएको सम्पूर्णलाई होम क्वारेन्टाइनको व्यवस्था गर्दै स्वास्थ्य परिक्षण गरेको साथै पहिलो चेकजाँच पुरा भएको जिमिले बताए । उनको अनुसार दैनिक स्वास्थ्य परिक्षण भइरहेको छ । अन्य बाँकी रहेको जो गाँउ फर्कन चाहानेहरुलाई नगरपालीकाको पहलमा गाँउ फर्काइ होम क्वारेन्टाइन वा क्वारेन्टाइनमा राख्ने व्यवस्था हुँदै गरेको उनले जानकारी दिए ।

विपत नागरिक साहयता कोष स्थापना
विश्वा कोरोना संक्रमणका कारण आम नागरिकमा आइ पर्ने विपतलाई मध्यनगर गर्दै विपत नागरिक साहयता कोषको स्थापना गरेको नगर प्रमुख जिमीले जानकारी दिए । उनको अनुसार उक्त कोष मार्फत विभिन्न राहतका प्याकेज निर्माण गरिने छ । नगरपालिकाको फन्टबाट राखिएको विपत व्यवस्थापन कोषबाट १० लाख रुपैया राहत कोषमा जम्म गरिएको उनको भनाई छ ।

उनको अनुसार नगरपालिकको जनप्रतिनिधीको एक महिनामा पाउने सेवा सुविधा कटौती गरिएको छ । भने राज्यबाट निर्देशित गरिएको कर्मचारीहरुको पारश्रिमकबाट कटौती गरिएको रकम जम्मा गरिएका छ । भने अन्य संघ संस्थाहरुबाट पनि विपत कोषमा सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *