पूर्वमन्त्री लालबावु पण्डितद्धारा १० क्विन्टल चामल राहत वितरण

सुजता निङ्लेकु-

विराटनगर । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका १३ नम्बर वडालाई राहतका लागि चामल सहयोग गरेका छन् । आम मानिसको जिउने दैनिक जीवनशैली सकस बन्दै गएसँगै मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सांसद समेत रहेका पण्डितले आम जनताको समस्यालाई मध्यनजर गर्दै सोमबार आफ्नो क्षेत्रमा पर्ने विराटनगर वडा नम्बर १२ लाई १० क्विन्टल चामल राहत स्वरुप हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस संक्रमणको न्यूनिकरणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनको कारण देशभरी नै ठप्प छ । भने जनजीवन प्रभावित बनेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई न्यूनिकरण गर्न सरकारले लकडाउनको घोषणा गरेको ३४ दिन वितिसक्दा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने जनताहरुका लागि सकस बनेसँगै मन्त्रि पण्डितले १२ नम्बर वडाका वडाध्यक्ष हिरालाल कामतलाई चामल हस्तान्तरण गरिएको युवा नेता ओसिम आलमले बताए ।

आलमको अनुसार पूर्व मन्त्री पण्डितले यो भन्दा अघि पनि आफ्नो निर्वाचन क्षेत्र बुढिगंगा गाँउपालिकाका दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *