कोरोना कहर : ‘खेतमै सुक्यो बन्दा, खेर जानु भन्दा सेवा गर्छु’

सुजता निङ्लेकु

विराटनगर । जहदा ४ मा खेतमा नै बन्दा कुहिन थालेको छ । कटहरी ४ नयाँबजारका कोपिन्द्र सिंहको १० कठ्ठा जमिनमा लगाएको बन्दा खेतमा सुक्न थालेको छ ।

कोरोना भाइरस संक्रमणको न्यूनीकरण गर्नका लागि सरकारले लकडाउनको घोषणा गरेको आज (सोमबार) ३४ दिन पुगिसक्दा कृषकले लगाएको बन्दा बिकी्र हुन छोडेसँगै खेतमा नै सुक्न थालेको हो । लकडाउनका कारण लाखौं रुपैयाँ घाटामा गएको कृषक कोपिन्द्र सिंहको भनाई छ ।

उनका अनुसार लकडाउन भन्दा केहि दिन अगाडी खेतबाट नै ४ रुपैँया किलोले बेचेको भए पनि लकडाउन पछि २ रुपैँया किलोले दिँदासमेत बिक्री भएको छैन । स्थानीय बजारमा भन्दा पनि आफुहरुको उत्पादन काठमाडांै, झापा, पोखरा लगायतका स्थानहरुमा निर्यात हुने भएको भए पनि लकडाउनका कारण सामन निर्यात गर्न नसकिएको उनको गुनासो छ ।

उनी भन्छन् ‘यो समय बन्दाकोपीको सिजन भए पनि लकडाउनका कारण हामी बन्दाकोपी गाईलाई खुवाइरहेका छौं ।’

खेर जानु भन्दा सेवा गर्छु
कोरोना भाइरस संक्रमणको बढ्दो त्राससँगै सरकारले लकडाउनको घोषणा गरेसँगै युवा नेता ओसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले निःशुल्क खाना खुवाउँदै आइरहेका छन् ।

दैनिक ज्याला मजदुरी गर्ने साथै सडकमा नै मागेर जीवन व्यतित गर्ने मानिसहरुका लागि २८ दिन देखि खाना खुवाउँदै आइरहेका छन् ।

उनीहरुका लागि कृषक कोपिन्द्र सिंहले १० कठ्ठा जमिनमा रहेको बन्दाकोपी सहयोग गर्ने भएका छन् । उनी भन्छन् ‘कुहिएर खेर जानु भन्दा दैनिक दुख गरेर सडकमा जिविकोपार्जन गर्नेहरुका लागि निःशुल्क खाना खुवाउने युवाहरुलाई नै सेवा गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *