स्वास्थ्य मन्त्रालयमा २४ घण्टामा २ हजार कल, रेड जोनको संख्या ३०४ !

काठमाडौं । स्वास्थ्य मन्त्रालयको कल सेन्टरमा गएको २४ घण्टामा २ हजार ११९ वटा कलहरु आएका छन् ।

त्यस्तै मोबाइल एप्लिकेशनमा हालसम्म २७ हजार ५४२ जनाले आफ्नो स्वास्थ्य स्वमुल्यांकन गरेका छन् । गएको २४ घण्टामा मात्रै ७४१ जनाले आफ्नो स्वमुल्यांकन गरेका छन् ।

जसमध्ये ८ जना रेड जोनमा परेका छन् । योसँगै रेड जोनमा परेका व्यक्तिहरुको संख्या ३०४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिएका छन् । रेड जोन अर्थात् उनीहरु सम्भावित संक्रमित हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *