शर्तसहित महत्वपूर्ण आयोजनाका कामहरु गर्न खुल्ला

ध्रुवराज खनाल –

चितवन । लकडाउनका कारण रोकिएका महत्वपूर्ण आयोजनाका कामहरु सुचारु हुने भएका छन् । कोरोना भाईरसको संक्रमणबाट वच्नका लागि त्यस्ता आयोजनाको काम समेत रोकिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमवार एक सुचना जारी गर्दै आयोजनाको काम र अत्याश्वक वस्तु तथा सेवा उत्पादन एवंम् वितरण गर्ने उद्योगधन्दा संचालन गर्न गराउन आग्रह गरेको हो ।

आयोजना संचालनका पूर्व सर्तहरु पालना गर्ने गरी कामकाज गराउन भनिएको छ । बन्दाबन्दीका बेला संघीय र प्रदेश सरकारबाट आयोजना संचालनका लागि लेखि आएका आयोजनाहरु, वर्षातको समयअघि सम्पन्न गर्नु पर्ने भनि सम्बन्धित स्थानीय सरकारले तोकेका आयोजनाहरु, वर्षातको समयमा आउन सक्ने बाढी तथा डुवान रोक्नका लागि जरुरी देखिएका आयोजनाहरुको काम गर्न पाईने भएको हो ।

स्थानीय तहसँग आयोजना संचालनका लागि सहमती प्रदान गरेको हुनु पर्ने सूचनामा उल्लेख छ ।

त्यस्ता आयोजनाहरु संचालनका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु नजिकको स्थानबाट लैजानु पर्ने, दैनिक एक आपसमा सम्र्पकमा आउनु पर्ने कर्मचारी तथा कामदारहरुलाई क्वारेनटाईन व्यवस्थापन गरि आयोजनास्थलमै राखिएको र क्वारेनटाईनमा स्वास्थ्य सम्वन्धी मापदण्ड पालना भएको हुनु पर्ने लगायत शर्तहरु छन् ।

कार्यप्रारम्भका लागि त्यस्ता आयोजना तथा उद्योगमा काम गर्ने कर्मचारीहरुका लागि एक पटक पास लिएपछि क्वारेनटाईनमा वस्नु पर्ने, निर्माण सामाग्रीहरु बोक्ने सवारी साधनको आवतजावतका लागि नेपाल प्रहरीलाई जानकारी गराउन पर्ने, नदिजन्य सामान बोक्ने सवारीले आयोजना कार्यालयले दिएको पत्र साथमा राख्नु पर्ने, त्यस्ता सामान सुर्योदयदेखि र सुर्यास्तसम्मको समयमा आवतजावत गर्नु पर्ने, सवारी साधन प्रयोग गरी आयोजनास्थल तथा उद्योगसम्म ल्याउँदा लैजाँदा सुरक्षाका सबै उपाय अपनाउनु पर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले हस्ताक्षर गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *