समाजसेवी भट्टराई द्वारा राहतका लागि चामल सहयोग 

विराटनगर । नेकपा प्रदेश सांसद भिम आचार्यको पहलमा समाजसेवी तथा व्यापारी सुमन भट्टराईले सुनसरी निर्वाचन क्षेत्र नं १ मा राहतका लागि चामल सहयोग गरेका छन् ।

आचार्यले व्यवसायी भट्टराईको सहयोगमा आइतबार बराह नगरपालिकाका ५ वटा वडामा राहतका चामल हस्तान्तरण गरेका हुन्।

२७ निर्वाचन क्षेत्र मध्ये  प्रत्येक वडाका लागि ५ सय केजिका दरमा चामल सहयोग गरेको  भट्टराईले बताए  भने, ‘आइतबार बराह नगरपालिकाका ५ वटा वडा र रामधुनी नगरपालिकाका २ वडामा चामल हस्तान्तरण गरिएको थियो । सोमबार धरान उपमहानगरपालिका १० वडामा चामल हस्तान्तरण गर्ने उनले बताए।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई  नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत एक महिनादेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफ्नो पहलमा राहत वितरण गरेको सांसद आचार्यले बताए। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल वडा कार्यलयलाई हस्तान्तरण गरेको उनले बताए।

चामल हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली तथा नेकपाका स्थानीय नेताहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *