काकरभिट्टामा अलपत्र परेका कर्णालीका ८७ जनालाई खाद्यन्न सहयोग

झापा । पूर्वी सीमा नाका झापाको काकरभिट्टामा अलपत्र परेका कर्णालीका ८७ जनालाई खाद्यान्न सहयोग गरिएको छ । रोजगारीको शिलशिलामा भारत गएका कालिकोटसहित कर्णालीका १० जिल्लाका ८७ जनालाई पश्चिम मेची अभियानले सहयोग परेको हो ।

उनीहरु लकडाउनका कारण काकरभिट्टास्थित पानीटंकीमा अलपत्र अवस्थामा थियो । उनीहरुलाई २० प्याक चामल, २५ पन दाल ५ पेटी तेल र २० पाकेट नुन सहयोग गरिएको हो । सहयोग सामग्री सकिए फेरी सीमा नजिक रहेको पसलमा लिन सक्ने व्यवस्था समेत गरिएको छ

। राप्रपा युवा नेता निराजन बमले उनीहरुको सहयोगका लागि विशेष भूमिका खेलेका थिए । बमका अनुसार राहत सहयोगको लागि झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनसँग अनुरोध गरेपछि राहतको व्यवस्था भएको हो । आफूहरुले कर्णालीका प्रदेश प्रमुख महेन्द्रबहादुर शाहीलाई टेलिफोन सम्पर्क गर्दा कुनै मतलब नगरेको सीमामा अलपत्र परेका सन्तोश बमले गुनासो गरे । सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *