पूर्वसचिव भीम उपाध्यायविरुद्ध अदालतमा साइबर क्राइम मुद्दा
२०७७ वैशाख १४ गते

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराध मुद्दा दर्ता भएको छ।
उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । अनुसन्धानपछि उनीविरुद्ध पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको हाे । सोमबार थुनछेक प्रक्रिया सुरु हुने बताइएको छ ।
पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुकमा दोहोरी चलेको थियो।
२०७७ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








