धरानमा दोस्रो चरणको राहत वितरण
२०७७ वैशाख १४ गते

सुनसरी। दैनिक रूपमा ज्यालादारी तथा मजदुरी गरी खाने विपन्न परिवारहरूका लागि धरान ११ नं वडा कार्यालयले दोस्रो चरणको राहत वितरण गरेको छ। आइतबार वडा कार्यालयले दोस्रो चरणमा करिब १५ सय परिवारलाई राहत वितरण गरेको हो।
अध्यक्ष बाबुलाल लामाको पहलमा राहत वितरण गरिएको हो। राहत वितरण गर्दा सामाजिक दुरी कायम गरिएको थियो। अझै पनि छुट भएका घर परिवारहरूको नामावली आउने क्रम जारी रहेकोले आवश्यक छानबिन गरी उनीहरूलाई तत्कालै राहत उपलब्ध गराइने वडाध्यक्ष लामाले बताए।
उनले आफूले स्थलगत निरीक्षण गरेर मात्र राहत वितरण गरेको बताए। तर कतिपयले राहतमा अनियमितता भएको भनेर असन्तुष्टि पोखेका छन्। विपन्न परिवारहरूका लागि खाध्यान्न विरतण गरिँदै आएको छ।
२०७७ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








