यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई युवाको सहयोग

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विराटनगरका युवा समूहले राहत वितरण गरेका छन् । कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारणा विराटनगर १ मा बसोबास गर्दै आईरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको दैनिकी असहज बनेसँगै विराटनगरका युवा समूहले राहत वितरण गरेको हो ।
शुक्रबार उनीहरु बसेको स्थानमा नै युवा समूह पुगि १९ जनालाई राहत वितरण गरेको युवा अभियन्ता पेरिश सुवेदीले जानकारी दिए । उनका अनुसार चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री उपलब्ध गराएको छ । सो राहतका लागि दिपक चापागाई, भाविश पौडेल, हरी बजगाई, अजय शर्मा, विजय सांस्वत र सजल मोनी लगायतले राहतका लागि सहयोग प्रदान गरेको अभियन्ता सुवेदीले बताए ।
सरकारको तर्फबाट दैनिक ज्याला मजदुर गर्नेहरुका लागि राहत वितरण गरेको भए पनि यौनिक तथा अल्पसंख्यक समुदायले स्थानिय सरकारबाट राहत नपाएकोे उनीहरुको गुनासो छ । आफुहरुसँग नागरिकता नभएको कारणले स्थानिय सरकारबाट राहत नपाएको सल्मा वेगमले बताए । उनले भने हामी तेस्रो लिङ्गिको नागरिकता नै हुँदैन नागरिकता हुनेको पेट खान्छन्, नागरिकता नहुनेको पेट छैनन र खाँदैनन् ?








