स्कुल सञ्चालकको हत्या आशंकामा दुई जना पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मा मृत भेटिएका एक बोडिङ स्कुलका सञ्चालक कृष्णप्रसाद भुसालको हत्या आशंकामा दुई जना पक्राउ परेका छन् ।

एनव्याप्सनका केन्द्रीय उपाध्यक्षसमेत रहेका रहेका भुसाल शुक्रबार मसुरियामा सडकमै मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भुसालसंगै मदिरा पिएका एक साथी र होटल सञ्चालकलाई सोधपुटका लागि नियन्त्रणमा लिएको बताए ।

तर, उनले नाम खुलाउन चाहनुभएन । गौरीगंगा नगरपालिका वडा नम्बर ९ बस्ने भुसाल पूर्वपश्चिम राजमार्गको पलमानपुर क्षेत्रको जंगलमा मृत फेला परेका थिए । मृत भेटिएका भुसालको शरीरमा घाउसमेत देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *