दुई एसएसपीको सरुवा
२०७७ वैशाख १२ गते

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा भएको छ ।
ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र महाशाखाका एसएसपी सहकुल थापा डीआईजीमा बढुवा रिक्त पदमा गृह मन्त्रालयले दुवैलाई आज सरुवा गरेको हो ।
२०७७ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








