लकडाउनको ३० औं दिनः ‘बुझ्ने नै उलङघन गर्छन्’

सुजाता लिम्बू

विराटनगर । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज (बुधवार) महिना दिन अर्थात तीस दिन पुगेको छ ।

लकडाउनले विराटनगर लगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अतिआवश्यक कामले मानिसहरु घरबाहिर निस्किरहेका छन् । काम बाहेक घर बाहिर निस्केर लकडाउन उलङघन गर्नेहरुलाई प्रहरीले सडकमा २ घण्टा उभ्याएर कोरोना भाइरस सम्बन्धि चेतना मूलक प्रशिक्षण आमनागरिकबाट लिइने गरेको वडा प्रहरी कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार लकडाउन सम्बन्धी जानकारी भएका आमनागरिकले नै लकडाउन उलङघन गर्ने गरेको पाइएको छ ।

बैंकको काम, स्वास्थ्य क्षेत्रको काममा हिँड्न आम सर्वसाधरणलाई छोड्ने गरेको र अनावश्यक हिँडडुल गर्ने लकडाउन उलङघन गर्नेहरुलाई सडकमा उभ्याउने गरेको डिएसपी गौतमले बताए ।

उनले भने, सरोछया क्षेत्रका सर्वसाधरणलाई पटक, पटक सम्झाउनुपर्छ । जब प्रहरी पुग्छौं, भिडभाड हटाउछन्, प्रहरी हिँडिसक्दा पुनः भिडभाड हुने प्रवृति रहेको छ ।’

सर्वसाधरणको प्रवृतिलाई मध्यनजर गरेर डिएसपी गौतमले कोरोना भाइरस संक्रमणको महामारीमा सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर सुरक्षाकर्मीलाई साथ दिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *