पाँच जना डीएसपीको काज सरुवा
२०७६ फागुन २७ गते

फागुन २७, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ भने बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
त्यस्तै, डीएसपी मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ भने डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र डीएसपी प्रतिक सिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालयमा काज सरूवा गरिएको छ ।

२०७६ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








