म्याग्दीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

चैत २, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउपालिका-६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागिअस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *