हिमेश पन्त बने नेपालकै पहिलो ‘कमेडी च्याम्पियन’

चैत्र १, काठमाडौँ। हिमेश पन्त  नेपालकै पहिलो  ‘कमेडी च्याम्पियन’ बनेका छन् ।  उनी नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सोबाट ‘कमेडी च्याम्पियन’ बनेका हुन् ।   

च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् ।  उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। 

कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका थिए ।   

आयोजकले तीनै जना प्रतिस्पर्धीलाई आज दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरेको थियो । भोटिङकै आधारमा आज अन्तिम नतिजा सार्वजनिक  भएको हो ।   

विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए ।   

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =