युवाहरुले विपन्नलाई बाँडे खाद्यान्न


चैत्र १७, चितवन । कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको आज सात दिन भइसकेको छ ।
लकडाउनको समयमा दैनिक ज्यालादारी काम गरेर जीवन चलाउँदै आएका मजदूर, मिर्गौला पीडित, पाटी पौवामा बस्ने असहाय मानिसहरु, बृद्धबृद्धा लगायतको जिविकोपार्जनमा समस्या पर्न थालेको छ । यस्ता ब्यक्तिलाई समस्या पर्नथालेपछि चितवन रत्ननगरका युवाहरुले खाद्यान्न वितरण गरेका छन् ।
रत्ननगरमा रहेका युवा ब्यबसायी तथा समाजसेवि प्रलाद सापकोटाको पहलमा आज सोमबार १० परिवारलाई ८ दिनको लागि पुग्ने गरि खाध्यन्न सहयोग गरिएको छ ।
युवाहरु सुरेशचन्द्र आचार्य, दीपक पौडेल, सुजन क्षेत्री, उमेश गिरी, नवराज तिमिल्सेना, सुजन थापा, राजु लामा, गोबिन्द स्याङतान, सञ्जिव लामाले बिपन्न परिवारलाई सहयोग गरेका हुन् ।
रत्ननगर तीनमा बसोबास गर्ने उनीहरुलाई प्रतिघर एक बोरा चामल, नुन, दाल तथा हात धुने साबुन वितरण गरिएको सुरेश आचार्यले जानकनारी दिए । सरकारले लक डाउन गरेसँगै खाध्यन्न अभावका गुनासोहरु आउने थालेपछि प्रशासनको रोहबरमा १० घरपरिवारलाई खाध्यन्न सहयोग गरेको प्रलाद सापकोटाले बताए ।
