चितवनमा ३० जनालाई कारवाही, २२३ सवारी नियन्त्रणमा

चैत १२ चितवन ।  सरकारले लागू गरेको लकडाउनको दोश्रो दिन निर्देशन अवज्ञा गर्ने ३० जनालाई चितवनमा कारवाही गरिएको छ । अटेरी गरी लकडाउन उल्लंघन गर्ने १ जना महिला सहित ३० जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले जरिवाना गराई कारवाही गरेको हो ।   

उनीहरुलाई नियमानुसार एक एक हजार रुपैयाँ जरिवाना तिराई छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ गरी जरिवाना तिराईएकाहरुलाई सुध्रने मौका दिई छाडिएको छ ।     

यस्तै लकडाउनको अवज्ञा गर्ने २२३ वटा सवारी साधनलाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट सो संख्याका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।   

null

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाका अनुसार १८३ वटा मोटरसाईकल, २४ वटा स्कुटर, २ वटा कार, २ वटा वोलेरो, १ वटा म्याजिक, ६ वटा अटो र २ वटा ट्रकलाई नियन्त्रणमा लिईएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =