वीपी प्रतिष्ठान धरानमा भोलीबाट कोरोना परीक्षण हुनसक्ने !

चैत्र १३, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलीबाट कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ । एक नम्बर प्रदेशकालागि शुक्रवारदेखि प्रतिष्ठानमा कोरोनाको परीक्षण सुरु हुने भएको हो ।   

सरकारले भोलीबाट प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण किट उपलब्ध गराउने भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बुधबारै काठमाडौंबाट कोरोना परीक्षणको लागि आवश्यक किट पठाई सकेको छ । आज बिहीबार किट धरान आइपुग्ने र भोलीबाट कोरोना भाइरसको स्वाब परीक्षण सुरु गरिने बताइएको छ ।   

प्रतिष्ठानका प्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा परीक्षणका लागि प्रयोगशाला तयारी भइसकेको काठमाडौंबाट आवश्यक सामग्री आएपनि केहि कन्जुमर आइटम नआएकोले ती आइटम ल्याउन गृहकार्य भइरहेको बताए । ‘हाम्रो ल्याव तयारी अवस्थामा छ, काठमाडौंबाट पठाइएको आवश्यक सामग्री एम्बुलेन्समा हालेर ल्याइसकेका छौं, थप सामग्रीहरु छुटेकाले ती सामग्री पुनः माग गरिएको छ । छुटेका सामग्रीहरु आइपुग्ने वित्तिकै सार्वजनिक रुपमै कोरोना भाइरस परीक्षण सुरु गरेको जानकारी दिनेछौं ।’ उनले भने ।   

null

प्रतिष्ठानले छुट भएका ल्यावका सामान नेपाली सेनाको होलिकोप्टर मार्फत ल्याउने तयारी गरेको छ । ‘बाँकी सामान ल्याउनका लागि १ नं. प्रदेश पूर्वी पृतनाले सहयोग गर्ने भएको छ ।’ डा. ऐरले भने । प्रतिष्ठानले कोरोना भाइरस परीक्षणका लागि प्रतिष्ठानको ल्यावलाई स्तरोन्नती गरेको हो ।   

प्रदेश सरकारले एक नम्बर प्रदेशमा १ सय ७४ आईसोलेसन वेड तयार पारेको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  एक नं. प्रदेशमा कोरोना विशेष अस्पताल विराटनगरको नेशनल ट्रेडिङ कम्पनीको हाता भित्र १० वटा आईसियु सहितको ५० बेडको अस्पताल निर्माण अन्तिम अवस्थामा पुगेको छ । कोरोना विशेष अस्पताल ५ दिन भित्रमा सञ्चालनमा आइसक्ने छ । एक नम्बर प्रदेशका सबै नगरपालिकाहरुले २ हजार ४ सय ८ वटा आईसोलेसन निर्माण गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *