कोरोना भाइरस सम्बन्धीे सचेत गराउँदै प्रशासन

फागुन २१, जुम्ला । कोरोना भाइरसको उच्च जोखिमा कर्णाली प्रदेश  हुन सक्ने भन्दै जुम्लाको खलंगामा कोरोना भाइरसबारे सचतेना फैलाउन सुरु गरिएको छ । 

 जिल्ला प्रशासन कार्यालय जम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सामाजिक विकास कार्यालय जुम्ला संयुक्त रुपमा जनचेतना फैलाउन थालेको हो । 

 प्रतिष्ठानको शिक्षण अस्पतालमा स्थानीय जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायतका स्थानीयलाई भेला गराएर कोरोना भाइरस सतर्कताका विषयमा अन्तक्र्रिया गरिएको हो ।   

null

छीमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबाट बच्ने उपाय, भाइरस फैलन सक्ने अवस्था, यसका लक्षण लगायतका विषयमा प्रतिष्ठानका डाक्टर धिरज गुरुङ्गले अन्तरक्रियामा जानकारी गराएका छन् ।   

एक महिना देखि चीनबाट महामारीको रूपमा फैलिएको भाइरस नेपालमा फैलिए कर्णाली प्रदेशनै जोखिममा हुने सम्भावनो भएकाले सचेतना फैलाउन जरुरी भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । कर्णाली चिनसंग जोडिएकोले उच्च शर्तकता अपनाउन जरुरी छ । कोरोना भाइरस बारे सचेतना अन्तरक्रियामा बोेल्दै उनले भने, जिल्ला भरीका स्वास्थ्य कर्मी, स्वास्थ्य सम्बन्धी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत स्वास्थ्यकर्मी र कर्णाली प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका स्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको भेला गरि उनिहरुलाई कोरोना भाइरसका बारेमा सचतेना गाउँ गाउँमा परिचालन गर्नु पर्ने देखिन्छ । कर्णालीका जटिल स्वास्थ्य सम्बन्धी समस्याहरु प्रतिष्ठानलेनै समाधान गर्नुपर्ने अवस्था छ ।   

जुम्लामा कोरोना भाइरस आइ नसकेकाले प्रारम्भिक चरणमा गाउँ बस्ती सम्म गएर स्थानीयलाई कोरोना भाइरसको बारेमा जनचेतना फैलाउन जरुरी रहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए ।   

जुम्ल्लामा कोरोना भाइरसँग मिल्दो जुल्दो लक्षणका बिरामी आए छुट्दै वाडमा राखेर उपचार गर्ने तयारी गरिरहेका छौं’ उनले भने, चिकित्सकहरुले अहिले भाइरसका बारेमा ज्ञान दिन पनि जरुरी छ । बजारमा त्रास फैलाउने खालका हल्ला पनि उत्तीकै छन् । यसै वेला सचेतना फैलाउन सकिएन भने भाइरसको डर हटाउन सकिँदैन ।   

कोरोना भाइरसबाट बच्ने उपाय र त्यसका लक्षणबारे छलफल सुरु भएको छ । यसको यर्थाथ स्थानीयलाई वुझाउन जरुरी भएको डा.धिरज गुरुङ्गले बताए । भाइरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुने रहेका छन् उनले भने, यसका लागि साबुन पानीले हात धुने, ज्वरो आउने तथा घाटी दुख्ने भए अस्पतालमा आउने, रुघाखोकी र ज्वरो आउने व्यक्तिसँग नजिक नजाने, मास्कको प्रयाग गर्ने, पशुपंक्षीबाट टाढा रहने र मासु अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्ने लगायतका बारेमा सचेतना दिन सुरु गरेका छाँै ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *