बालिका अपहरण गरेको आरोपमा विप्लव समूहको १४ कार्यकर्ता पक्राउ

फाेटाेः गुगल 

फागुन २९, काठमाडौँ । १४ वर्षिय बालिका अपहरण गरेको आरोपमा उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्ता पक्राउ परेका छन् ।   

प्रहरीका अनुसार लडाकु बनाउने उद्देश्यले बुधबार साँझ ५ बजे अपहरणमा गरिएको उक्त बालिकालाई भने बिहिबार दिउँसो ३ बजेतिर उद्दार गरिएको  हो । 

Image result for विप्लव

उक्त समूहले धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षिया बालिका गरिमा मोक्तानलाई अपहरण गरेका थिए ।   

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की अनुसार पक्राउ परेका उक्त समूहको साथबाट  ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि फेला पारिएको छ । 

नियन्त्रणमा लिईएको ती १४ जनामाथि कारवाहीको लाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =